May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौंका हलमा चल्न थाल्यो भारतीय फिल्म

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:३८
काठमाडौंका हलमा चल्न थाल्यो भारतीय फिल्म
  • शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्कियो 
  • पाटन उच्च अदालतको अन्तरिम आदेशपछी  
  • नयाँ फिल्म नभएपछि पुरानै 
  • प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज 
  • आइतबार मेयरसँग छलफल हुने 

काठमाडौं ।।

अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन् ।

अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ । ‘हामी परिस्थिती कसरी अघि बढ्छ, हेछौं अनि यसबारे निधो गर्नेछौं’ कम्पनीका मनोज राठीले भने ।

चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तर, पोखरा महानगरमा भने यो सप्ताहन्त भारतीय फिल्म प्रदर्शन नहुने भएको छ । मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका प्रमुख निकेश द्धाले यसबारे आगामी आइतबार महानगर प्रमुखसँग छलफल गर्न लागिएको बताए । ‘पोखरामा कसरी अघि बढ्ने भन्नेबारेमा आइतबार मेयरसँग छलफल हुँदैछ । त्यसपछि प्रदर्शनबारे टुंगो लाग्ला’ उनले भने ।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट