May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

११ महिनामा साढे ३ अर्बको चिया निर्यात

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:५७
११ महिनामा साढे ३ अर्बको चिया निर्यात
  • नेपालले ३ अर्ब बढीको चिया निर्यात गर्यो 
  • ३ अर्ब ३५ करोड ५४ लाख मूल्य बराबरको चिया निर्यात
  • नेपालको २ अर्ब ८१ करोड रुपैयाँ आय
  • नेपालबाट भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात 
  • भारत लगायत रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि निर्यात हुँदै

काठमाडौं ।।

पछिल्लो ११ महिनामा नेपालले ३ अर्ब बढीको चिया निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको तथ्यांक अनुसार नेपालल चालु आर्थिक वर्षको जेठसम्ममा ३ अर्ब ३५ करोड ५४ लाख मूल्य बराबरको चिया निर्यात गरेको हो ।

नेपालले ११ महिनामा कुल १५ करोड ४२ लाख ५९ हजार किलो चिया विदेश निर्यात गर्दा ३ अर्ब बढी आम्दानी गरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले एक करोड ९ लाख किलो चिया निर्यात गरेको थियो । जसबाट नेपालले २ अर्ब ८१ करोड रुपैयाँ आय गरेको थियो ।

तर, चालु आर्थिक वर्षमा नेपालले चिया निर्यातबाट गतवर्षको तुलनामा ५४ करोड ३८ लाख रुपैयाँ धेरै आम्दानी गरेको छ । पछिल्लो समय नेपालको चिया उत्पादन बढेसँगै निर्यातमा पनि वृद्धि भएको भन्सार विभागको भनाई छ ।

नेपाल सबै भन्दा धेरै चिया भारतमा निर्यात गर्दै आएको छ । चालु आर्थिक वर्षमा नेपालबाट भारतमा मात्रै ३ अर्ब १७ करोड ७४ लाखको चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै, नेपालको चिया भारत लगायत रुस, नेदरल्याण्ड्स, जर्मनी र अमेरिकामा पनि निर्यात हुँदै आएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट