April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राहुल महरालाई सुन तस्करी छानबिन समितिले बोलायो

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:२८
राहुल महरालाई सुन तस्करी छानबिन समितिले बोलायो
  • कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाइयो 
  • ९ किलो सुन तस्करी प्रकरणमा मुछिए राहुल
  • छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार

काठमाडौं ।।

सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् । उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई  पक्राउ गरेको थियो । भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो । त्यतिन्जेलसम्म यसमा महराको नाम मुछिएको थिएन ।

तर, अदालतमा दायर अभियोग पत्रमा पूर्वसभामुख महरा र उनका पुत्र राहुलको नाम समावेश भएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि सरकार समक्ष दबाब बढेको थियो । यसअघि छानबिनका लागि पर्याप्त आधार नभएको भन्दै सीआईबीले महरा बाबु–छोरालाई छानबिनको दायरामा ल्याएको थिएन ।

दोस्रो पटक भएको अनुसन्धानपछि महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राहुल र तस्करी समूहमा संलग्न चिनियाँ नागरिकहरुको फोन सम्पर्कको विश्लेषण (कल डिटेल रेकर्ड),  भन्सार कर्मचारीहरुको बयान लगायतलाई आधार मान्दै अदालतले राहुललाई तत्काल निर्दोष भन्न नमिल्ने देखिएको भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।

उच्चस्तरीय समिति स्रोतका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद ६० किलो सुन प्रकरणका नेपाली आरोपीहरुको बयान समेत यसअघि भइसकेको छ । चिनियाँ नागरिकहरुको भने बयान बाँकी छ । सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले ६० किलो सुन प्रकरण,  भेपमार्फत भएको तस्करीसहित अरु सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको समितिका एक सदस्यले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।