May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

आठ वटा अपरेसन चलाएर प्रहरीले पक्राउ गर्‍यो १२ जना लागुऔषध कारोबारी

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १0:३0
आठ वटा अपरेसन चलाएर प्रहरीले पक्राउ गर्‍यो १२ जना लागुऔषध कारोबारी

प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो।

व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई शुक्रबार  सार्बजनिक गरेको हो।

पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीले जानकारी दिए।

उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलहरुबाट फरक-फरक दिन पक्राउ गरिएको हो।

पक्राउ पर्ने नेपाली नागरिकहरूमा राप्ति नगरपालिका-७  चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका-१८ का  ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका-१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम,  रूबीभ्याली गाउँपालिका-२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक-४ झापाका  २४ वर्षीय  सुमन लिम्बू रहेका छन्।

एसपी जोशीका अनुसार पक्राउ परेका  १२ जनाबाट कुल ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद गरिएको छ।

बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य  २ करोड ३३ लाख  १५ हजार २५० रूपैयाँ पर्ने एसपी जोशीले जानकारी दिए।

उनीहरूविरूद्ध  लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार सम्बन्धित जिल्ला अदालतहरूबाट  म्याद थप भइ अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १0:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट