April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३२
नेपाली खेलाडी बिनाको पीएसएल र आईपीएल

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।.

आगामी सिजनको पीएसएलका लागि १० जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । नेपालका चर्चित लेग–स्पिनर सन्दीप लामिछाने ‘प्लाटिनम’ समूहमा थिए । उक्त समूहमा रहेका खेलाडीलाई यदि कुनै क्लबले खरिद गरेको भए सबैभन्दा बढी रकम प्राप्त गर्ने थिए ।

तर, यसपटक सन्दीप पनि पीएसएलमा कुनै क्लबको रोजाइमा परेनन् । सन्दीपले यसअघि नै पीएसएल खेलिसकेका खेलाडी हुन् । यसपटक ‘डायमन्ड’ समूहमा नेपालका कुनै पनि खेलाडी सहभागी थिएनन् । ‘गोल्ड’ समूहमा भने नेपालबाट गुल्सन झाको नाम दर्ता भएको थियो ।

नेपालबाट ‘सिल्भर’ समूहमा सबैभन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । उक्त समूहमा नेपालबाट आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, यू–१९ टोलीका कप्तान देब खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामीको नाम दर्ता रहेको थियो ।

तर, यसपटक कुनै पनि नेपाली खेलाडी पीएसएल क्लबहरुको रोजाइमा परेनन् । पीएसएलको ‘ड्राफ्ट’ लाहोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा भएको थियो । यसपटक पीएसएलमा २२ राष्ट्रका चार सय ८५ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । पीएसएलको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १८ सम्म आयोजना हुँदैछ

यसअघि आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि पनि नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए । तर, आईपीएलका कुनै पनि खेलाडीलाई ‘अक्सन’ का लागि अन्तिम सूचिमा समावेश गरिएन् । सन् २०२४ मा आयोजना हुने आईपीएलको ‘अक्सन’ डिसेम्बर १९ तारिखमा दुबईमा हुँदैछ । यसअघि भने नेपाली खेलाडी सन्दीप लामिछानेले आईपीएल खेलिसकेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।