sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:४७
आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
  • माइतीघरमा आत्मदाहको प्रयास गरेका थिए 
  •  निरजकुमार कामतले वंशजको नागरिकता पाए
  • नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरिरहेका थिए 
  • नागरिकता लिनेहरुको संख्या बढेको छ

विराटनगर ।।

नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका – ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् ।

नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सोमबार उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बाेच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए । उनी नागरिकता पीडित संघर्ष समितिका उपाध्यक्षसमेत हुन् ।

निरजले नेपाली नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरेको बताए ।

निरजका हजुरबुवाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । हजुरआमाको वंशजकै नागरिकता थियो । राजमिस्त्री काम गर्ने बुबा किसुनदेवले पनि जन्मकै आधारमा नागरिकता पाएका थिए । उनकी आमा गुलाबदेवी चौधरीको भने वंशजको नागरिकता छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई सोमबारदेखि नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि नागरिकता लिन पुग्नेहरुको संख्या बढेको छ ।

उनीहरुलाई नागरिकता वितरण सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कोठा नम्बर १६ छुट्याएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid