May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

‘म परेको सबै फेस गर्छु, तर उड्डयनमन्त्रीलाई स्पष्टीकरण दिन्नँ,’ : उड्डयनका महानिर्देशक

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:0८
‘म परेको सबै फेस गर्छु, तर उड्डयनमन्त्रीलाई स्पष्टीकरण दिन्नँ,’ : उड्डयनका महानिर्देशक
  • प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने
  • अति जरुरी-गोप्य’ भनेर आएको पत्र मन्त्री आफैंले सार्वजनिक किन गरे  ?

काठमाडौं ।।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसकृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । सोमबार किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

मन्त्री किरातीलेले सो निर्णय भएको विषयमा सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी-गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका हुन् ।

‘म परेको सबै फेस गर्छु, तर स्पष्टीकरण दिन्नँ,’ महानिर्देशक अधिकारीले  भने,‘राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन ।’

महानिर्देशक अधिकारीमाथि मन्त्रालयले उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएको छ ।

पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८-७९मको बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएकोसहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् ।

सुदन किरातीले सोधे उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा

विमानस्थलमा उडान गराएको, पोखरा विमानस्थल उद्घाटनको दिन भीएफआरको समय सकिएपछि पनि लापरवाहीपूर्वक उड्डयन सुरक्षा नियम प्रतिकुल हुने गरी ५ वटा विमान कम्पनीका उडानहरु गराएको विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेश गर्न भनेको छ ।

पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पुर्याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।