May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिबद्द गरें : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:५७
निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिबद्द गरें  : अर्थमन्त्री
  • जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिबद्धता
  • निर्वाचन आयोगको स्वतन्त्रतालाई कमी हुन नदिने
  • निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने

काठमाडौं ।।

सरकारले जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिबद्धता जनएको छ । निर्वाचन आयोगको स्वतन्त्रतालाई कमी हुन नदिने समेत अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाइका रुपमा राख्ने व्यवस्था बजेटमा राखेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार संसद अवरुद्ध गरेको थियो । मंगलबार नै बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा. महतले निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने बताए ।

सरोकारवालाहरुसँग छलफलपछि जिल्ला निर्वाचन कार्यालयलाई कायमै राख्ने पक्षमा सरकार पुगेको भन्दै उनले भने, ‘यो कुनै खारेजी हुँदैन, जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहन्छ ।’

त्यसअघि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट