May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोसी प्रदेशसभामा बैठक सुरु

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १२:५३
कोसी प्रदेशसभामा बैठक सुरु
  • मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन्
  • आजको बैठकमा जसपाकी सांसद निर्मला लिम्बू अनुपस्थित छिन्

विराटनगर ।।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतको विषयमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिएका छन् ।‌ पुस २४ गते नियुक्त भएका उनले २५ गते पदभार ग्रहण गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले जेठ २३ गते र जनता समाजवादी पार्टी (जसपा) ले त्यसअघि समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका थिए । नेकपा एमाले संविधानको अक्षरस पालना गर्न प्रतिवद्ध रहेको बताउँदै कानुनी राज्य र जनताको सर्वोच्चताको पक्षमा रहेको उनले बताए । उनले भने, “म जवाफ दिन तयार थिएँ । तर, सभामुखज्यूसँग समय मागेको तर त्यस विषयमा भ्रम सिर्जना गरिनु दुःखद् हो ।”

उनले सरकारले कोसीमा आएको बाढी र पहिरो पीडितको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिए । पीडामा परेकाहरुसम्म पुगेको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार नचुकेको दाबी गरे । निर्वाचन प्रणालीका कारण कुनै पनि दलको वहुमत आउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै कार्कीले वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरे ।

“प्रदेश संरचनालाई जनताले महसुस गर्न सक्ने बनाउने प्रयास गरेका छौँ,” कार्कीले भने, “प्रदेशलाई अस्थिरता दिने काम कसले गरिरहेको छ ? । नामकरणको विषयमा उठेको प्रश्न संवोधन गर्न सरकारले वार्ता समिति बनाएर छलफलका लागि पहल लिइएको छ । वार्ताका माध्यमबाट समस्या समाधान गर्न म प्रतिबद्धता व्यक्त गर्छु ।”

अहिले एमालेसँग ४० र राप्रपासँग ६ मत छ । कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् । बहुमत पुर्याउन ४७ मत चाहिन्छ ।

आजको बैठकमा जसपाकी सांसद निर्मला लिम्बू अनुपस्थित छिन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट