May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत

अन्तर प्रदेश मुख्यमन्त्रीहरुको भेला सुरु

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:१0
अन्तर प्रदेश मुख्यमन्त्रीहरुको भेला सुरु
  • पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ।
  • प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो।
  • भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन्।

पोखरा ।।

पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।

भोलि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक पनि बस्ने छ । ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

भेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले संघीयताका विरुद्ध जोडजोडका साथ जनमत सिर्जना गर्ने काम भइरहेको आरोप लगाए । प्रदेश सरकार स्थापना भएको छैटौं वर्षसम्म आइपुग्दा राजधानी ताक्ने, नामाकरण गर्ने काम र ऐनकानुन बनिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

संघीयता कार्यान्वयनमा सहजताका लागि अन्तर प्रदेश बैठक राखिएको पाण्डेको भनाइ थियो । संघले कानुन नबनाइदिएका कारण प्रहरी समायोजन, प्रहरी परिचालनमा समस्या देखिएको छ । जग्गा प्राप्तिको समस्यादेखि कर्मचारी सरुवासम्म प्रदेशले दुख खेपिरहेको पाण्डेले कार्यक्रममा बताए ।

प्रदेशको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीहरुको भेलाले सहयोग पुग्ने पाण्डेले बताए । संघीय सरकारले नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट