May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गलत उपचारका कारण झापामा एक बालिकाको मृत्यु, क्लिनिक सञ्चालक वडाध्यक्ष, बिरामी जाँच्ने श्रीमती

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० 0९:२६
गलत उपचारका कारण झापामा एक बालिकाको मृत्यु, क्लिनिक सञ्चालक वडाध्यक्ष, बिरामी जाँच्ने श्रीमती

झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको भन्दै फार्मेसी सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् ।
गौरिगञ्ज गाउँपालिका वडा नम्बर- १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जीवारिको पूजा फार्मेसीमा उपचारका लागि अपराह्न ४ बजे लगेको बालिकाको बुवा राम विलास महतोले बताए ।
क्लिनिक सञ्चालक कार्तिकलाल राजवंशीकी श्रीमती कसुम राजवंशीले ज्वरो आएको बिरामीलाई डेक्सिन नामको इन्जेक्सन दिएकी थिइन् । गौरिगञ्ज गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहेका राजवंशी पसलमा नभएका बेला श्रीमतीले औषधि बेच्ने, बिरामीलाई इन्जेक्सन लगाइदिने र सामान्य चिरफार समेत गर्ने गरेको स्थानीयले बताए ।
ज्योतिलाई ज्वरोसँगै स्वास्प्रस्वासको पनि समस्या रहेको बताइएको छ । राजवंशीकी श्रीमती कुसुमले इन्जेक्सन लगाएपछि अब निको हुन्छ भन्दै घर पठाएको आमा बुच्नीले बताइन् ।
‘छोरीलाई पहिला श्वास— प्रश्वासको समस्या थियो । कु्न्जिबारीको पूजा फार्मेसीमा ‘बाफ’ लगाएपछि निको हुन्थ्यो,’ आमा बुच्नीले भनिन्,‘ अस्ति पनि ‘बाफ’ लगाउनका लागि लगेकी थिए उनले सुई लगाइदिनु भयो ।’
‘कुसुमले बाफ बिग्रिएको छ । आज इन्जिेक्सन लगाइदिन्छु । निको हुन्छ भन्नुभयो । मैले पनि होला भनेर उहाँको कुरा सहजै स्विकारे । तर, इन्जिेक्सन लगाएर घर पु¥र्याएको आधा घण्टामा नानीलाई बान्ता भयो र केही समयपछि छोरीको मृत्यु भयो,’ आमा बुच्नीले भनिन् ।
फार्मेसीबाट घर पु¥याएको १ घण्टामा छोरी ज्योतिको मृत्यु भएको बुवा राम विलास महतोले बताए । उनका अनुसार ज्योतिलाई दिउसो २ बजेदेखि ज्वरो आएको थियो । ज्योति स्थानीय बालकल्यायण माविमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।
सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधिको प्रयोगले बिरामीको मृत्यु भएको आफन्तजनको आरोप छ । फार्मेसी सञ्चालक वडा अध्यक्ष र उनकी श्रीमती राजवंशीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, राजवंशी दम्पतीको योग्यता र क्षमताका कागजी प्रमाण जाँच गर्नुपर्ने लगायतका माग आफन्तले गरेका छन् ।
वालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आज बिहान आफन्तले दाहसंस्कार गरेका छन् ।
स्थानीयले फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाएका छन् । घटनाको तीन दिनसम्म पक्राउ गरेर कारबाहीका लागि प्रक्रिया अगाडि नबढाएकोमा प्रहरी प्रशासनसँग आफन्त र स्थानीयले आपत्ति जनाएका छन् । तर, झापा प्रहरीले घटनाको बारेमा सामान्य जानकारी भएको प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए ।
पोस्टमार्टम रिपोर्ट नआउन्जेल प्रहरीले घटनाका बारेमा यसै भन्न नसक्ने उनले बताए । फार्मेसी सञ्चालकले प्रयोग गरेको औषधि परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । फार्मेसी र सञ्चालकको कागजात पनि प्रहरीले अनुसन्धानका लागि मागेको छ । घटनाका बारेमा दुवै पक्षलाई शुक्रबार इलाका प्रहरी कार्यालय झिलझिलेमा बोलाइएको प्रहरी श्रोतले बताएको छ ।
यता गौरिगञ्ज गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष समेत रहेका क्लिनिक सञ्चालक कार्तिक लाल राजवंशीले बिरामीलाई सही औषधि दिएको प्रतिक्रिया दिएका छन् । उनले फार्मेसी र सञ्चालकको कागजी प्रमाणमा शङ्का गर्नुपर्ने कारण नभएको पनि बताए । उनले भने, ‘ राजनीतिमा आग्रह पूर्वाग्रह राख्ने व्यक्तिले के निहुँ पाउँ भनेर खोजिरहेका थिए । अहिले यो घटनालाई जोडेर अतिरञ्जित गरिदैछ ।’ कार्तिकलाल अनमी भएको स्थानीयले बताए ।

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० 0९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।