May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बैंकले धनीलाई ऋण दिन्छ गरिबलाई दिदैन : प्रभु साह

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:१८
बैंकले धनीलाई ऋण दिन्छ गरिबलाई दिदैन : प्रभु साह
  •  गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था सरकारले मिलाउनु पर्छ ।
  • बैंकले नदिएपछि मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थिति भएको हो ।

काठमाडौं ।।

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् । बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘सिरहाको एउटा बैंक, लहानको एउटा बैंक, जहाँ त्यहीँका दाजुभाइले पैसा राखेका छन् । त्यहाँ आफ्नै भाइले पैसा निकाल्न खोज्यो भने पाउँदैन । उसले निक्षेप पूँँजी १० करोड राखेको छ भने त्यो निकाल्ने अधिकार त उसले पाउँछ नि । १० करोड त उसैको गाउँको पैसा हो । त्यो पैसा काठमाडौंमा ल्याएर आफ्ना निजी स्वार्थ पूर्ति गर्ने । आम जनताका ऋणबिना तड्पेर ठगिनुपर्ने’ सांसद साहले भने ।

बैंकहरु निक्षेप बढ्यो भनेर खुशी भएको तर जुन ठाउँको निक्षेप हो त्यहीँ परिचालन नगरेको उनले बताए । ‘निक्षेप पूँँजी बढ्यो बैंकरहरु खुशी छन । तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन ? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन ? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्न, त्यो परिवेशलाई पनि ध्यानमा राखेर गरिनुपर्थ्यो’ उनले भने ।

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।