May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देउवा ५ पटक प्रधानमन्त्री क्षमताले भएका हुन् भाग्यले होइन : एनपी साउद

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १६:0५
देउवा ५ पटक प्रधानमन्त्री क्षमताले भएका हुन् भाग्यले होइन : एनपी साउद
  • सभापति देउवा भाग्यले नभएर योग्यताकै आधारमा पाँचपटक प्रधानमन्त्री भएको बताए ।
  •  नयाँ दलका लागि सामाजिक सञ्जाल रहेको तर संगठन छैन : परराष्ट्र मन्त्री साउद
  • एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको छ ।

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै आधारमा पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

सुदूरपश्चिममा रहेका उनले सभापति देउवा भाग्यले पाँचपटक प्रधानमन्त्री नभएको बताए । आइतबार अछामको चौरपाटीमा कांग्रेसको स्थानीय समितिले गरेको कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् ।

उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन । तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ?’ उनले भने, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो । पार्टीको विचारले हुनुभएको हो ।’

महामन्त्री गगन थापाले शनिबार एक कार्यक्रममा एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री किन बन्नुपर्ने भन्दै प्रश्न गरेका थिए । एउटै व्यक्ति एउटै पदमा पटक पटक पुग्नु लोकतन्त्रका लागि पनि राम्रो नहुने उनको भनाइ थियो । तर महामन्त्री थापाको भनाइको प्रतिवाद गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउदले देउवा क्षमताकै कारण पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका हुन् ।

परराष्ट्र मन्त्री साउदले नयाँ दलका लागि सामाजिक सञ्जाल रहेको तर संगठन नभएको बताए । ‘उनीहरु अर्को पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन् । पार्टी पद्धतिमा विश्वास गर्दैनन्’, उनले भने, ‘पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन् । त्यही भएर लगातार विवादमा परिराखेका छन् ।’

उनले वामपन्थीको चिन्तन उत्पादन नबढाउने, तर वितरणमात्र बढाउने भएको बताए । ‘बाँड्दै जाँदा सबैलाई पुग्ने गरी बाँड्नुपर्छ, तर उनीहरु सबैलाई पुग्ने गरी बाँड्दैनन्’ मन्त्री साउदले भने, ‘कतै धेरै त कतै अनिकाल पर्ने गरी वितरण गर्छन् ।’ उनले एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको आरोप समेत लगाए ।

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट