काठमाडौं ।।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ ।
सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् । अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।