April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

६० वर्षीय अभिनेताले गरे दोस्रो बिबाह

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:३१
६० वर्षीय अभिनेताले गरे दोस्रो बिबाह

बलिउडका ६० वर्षीय अभिनेताको दोस्रो बिबाह भएको छ । बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।

अभिनेताले भर्खरै कोलकाता, असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्।

यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन् ।

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ ।

यसबाहेक, आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै दिग्गज अभिनेता आशिष विद्यार्थीले इ-टाइम्ससँग कुरा गर्दै भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।

जसमा १९४२ ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन ।

उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ । नागरिक Times बाट

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।