April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

खोलाको तटबन्धको खाल्डोमा डुबेर २ को मृत्यु

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १२:३४
खोलाको तटबन्धको खाल्डोमा डुबेर २ को मृत्यु
  • खाल्डोमा जमेको पानीमा डुबेर दुई दाजुभाइको मृत्यु 
  • खोलाको तटबन्धका लागि खनेको खाल्डो थियो  

जनकपुरधाम ।।

सर्लाहीमा एकै परिवारका दुई दाजुभाइको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका -४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिइ घरबाट खेल्न निस्केका थिए । साँझसम्म घर नफर्किंदा घरपरिवारले खोजबिन सुरु गरेका थिए ।

खोजतलास गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा दाजुभाइ फेला परेका हुन् । दुवै दाजुभाइलाई डुबेको अवस्थामा फेला पारेर प्रादेशिक अस्पताल मलंगवा पुर्याउंदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।