May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

गुट र उपगुटले नै कांग्रेसलाई कमजोर बनायो

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १५:३४
गुट र उपगुटले नै कांग्रेसलाई कमजोर बनायो
  • कांग्रेसमा  गुटको संरचनाले आन्तरिक जीवन कमजोर बनायो 
  • ७७ जिल्लामा केन्द्रीय नेताहरु संगठनका लागी सक्रिय रहेको 
  • कांग्रेस कमजोर हुनुमा आन्तरिक समस्या नै प्रमुख कारक 

काठमाडौं।।

कांग्रेसको पार्टी संगठन सुदृढीकरणका लागि खटिएका नेताहरुले केन्द्रदेखि तल्लो तहसम्म गुटको संरचनाले आन्तरिक जीवन कमजोर हुन पुगेको विश्लेषण गरेका छन् । कांग्रेसबाट निर्वाचितहरु रहेको तहगत सरकार र पार्टी विच समन्वयको चरम अभाव रहेको केन्द्रीय प्रतिनिधिहरु स्थलगत जानकारी प्राप्त गरेका छन् ।

१० साउनमा सकिएको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई संगठन सुदृढीकरणका लागि खटाएको थियो । केन्द्रीय प्रतिनिधिले २० देखि ३० साउनसम्म जिल्लामा रहेर पार्टीको आन्तरिक सुदृढीकरणमा लागेका थिए ।

अपूर्ण रहेको कार्यसमितिलाई पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन नभएको स्थानमा मिति तोक्न लगाउने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी थियो । साथै, सम्मेलन स्थानको रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका लागि केन्द्रीय नेताहरु खटिएका थिए ।

१० दिने संगठन सुदृढीकरणको अभियानमा खटिएका नेताहरुले कांग्रेस कमजोर हुनुमा आन्तरिक समस्या नै प्रमुख कारक पाएका छन् । ‘कांग्रेसका कार्यकर्ता बेहिसाब छन् । पार्टीभित्र ५ र ७ गुट त्यहाँ देखिए,’ धनुषामा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले भने,‘एकले अर्कोसँग हराउनका लागि जतिबेला पनि लाग्ने सम्भावना छ । गुटभित्र पनि उपगुट बनेका छन् ।’ कांग्रेसमा निरन्तर रहने तर हराउनका भूमिका खेल्न लागिरहने प्रवृत्ति रहेको उनले सुनाए ।

मधेस प्रदेशमा कांग्रेसको सांगठनिक अवस्था भद्रगोल अवस्थामा छ । केन्द्रले पठाएको परिपत्र अनुसार कार्य नगर्नेमा मधेस पहिलो नम्बरमा छ । वडा देखि जिल्लासम्मको सम्मेलन अन्यत्रको तुलनामा मधेसमा सुस्त गतिमा छ । ‘केही केही ठाउँमा क्षेत्रीय सभापति पनि छैनन् । सबै तहले गर्नुपर्ने सम्मेलन प्रक्रियाकै क्रममा छ,’ महरले भने ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १५:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।