July 13, 2025 | आइतवार, असार ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीर अस्पतालको ओपीडी ८ बजेदेखि खुल्ने

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १२:४८
वीर अस्पतालको ओपीडी ८ बजेदेखि खुल्ने
  • वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने 
  • ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइने 
  • वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिदै आएका छन् 

काठमाडौं ।।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो । अर्थात, अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ । न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको बताए ।

‘बिरामी सेवा लिनको ७ बजे नै अस्पताल आइसक्छन् । ९ बजेसम्म कुर्नुपर्ने भएकाले बढी भिडभाड भइरहेको छ,’ डा. बस्नेतले भने, ‘बिरामीलाई सहज र छिट्टै सेवा दिनका लागि ओपीडीलगायत अस्पतालका अन्य सेवाअबदेखि ८ बजेबाट सञ्चालन हुनेछन् ।’ अस्पतालमा ९ बजेदेखि सेवा हुँदा अस्पतालका कर्मचारी र बिरामी आउने क्रममा सवारी जाममा पर्ने समस्या देखिएकाले समय तालिका परिवर्तन गरी सेवालाई सहज बनाउन खोजिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर, यो विषयलाई बजेटले भने समेट्न सकेको थिएन । ‘अबदेखि प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्छन् । नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुन्छ,’ डा. बस्नेतले भने, ‘अप्रेशन, ओपीडी सेवा, लगायतका अन्य सेवा विहान ८ देखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।’

वीरमा बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुन्छ । त्यसैगरी, ४ बजेपछिको समय इएचएस सेवा सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए । वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट