May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ 0८:३१
नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज

काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सजा बाह्र बजे सुरु हुनेछ।
पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो । गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इण्डिज ‘ए’सँग २८ रनले पराजित भयो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाइ गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समुहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।