August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

श्रृंखलाबद्ध सिक्री लुट्ने समुह नै पक्राउ

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १५:0९
श्रृंखलाबद्ध सिक्री लुट्ने समुह नै पक्राउ
  • सिक्री लुटपाटमा संलग्न समूह नै पक्राउ
  • एक महिनामा ८ वटा चेन लुटेको 
  • ४ जना पक्राउ परे 

काठमाडौं ।।

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री गर्न सहयोग गर्ने राहुल माझी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । उनका अनुसार यो गिरोहले पछिल्लो एक महिनामा ८ वटा चेन लुटपाटको घटना गराएको थियो ।

‘प्रहरीले असार १ गतेबाट सर्वसाधारणको चेन तानेर भाग्ने गिरोहको खोजी गरिरहेका थियौं, २० असारमा टोखा पेट्रोल पम्प नजिक भएको रीता श्रेष्ठको सिक्री लुटिएको घटनामा स्पष्ट देखिने खाल्को फुटेज हात परेपछि अनुसन्धानले गति लिड लिएको थियो’, एसएसपी केसीले भने, ‘त्यसक्रममा लुटपाट गर्दा मोटरसाइकल चलाउने रवि विक र पछाडि बसेर लुट्ने रविन दमाईसहित ४ जना पक्राउ परेका छन् ।’

प्रहरीका अनुसार, लुटपाटका लागि उमेश क्षेत्रीले व्यवस्थापन मिलाउने गरेका थिए । उनी पहिले पनि मोटरसाइकल चोरीमा पक्राउ परेर धरौटीमा छुटेको व्यक्ति हुन् । ‘प्रायः चोरीको मोटरसाइकल प्रयोग गरेर नम्बर परिवर्तन गर्दै विभिन्न घटनामा प्रयोग हुने गरेको देखिएको छ’, केसीले भने, ‘अधिकांश घटनामा ड्यूक मोटरसाइकल प्रयोग भएको छ ।’

प्रहरीका अनुसार, चेन लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिन्थ्यो । यो घटनामा भने मोटरसाइकलबाट ओर्लिएर चेन तानेर भाग्ने गरेको देखिएको छ । प्रहरीले बिक्री गरिएको केही सुन पनि बरामद गरेको जनाएको छ । थप अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट