May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिका पढ्न पूर्ण छात्रावृत्ति पाउँदा पनि म गइन : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १४:३५
अमेरिका पढ्न पूर्ण छात्रावृत्ति पाउँदा पनि म गइन : अर्थमन्त्री
  • पढ्नकै लागि विदेश जानुपर्छ भन्ने मानसिकता बदल्नुपर्छ 
  • पूर्ण छात्रावृत्ति पाउँदा पनि अमेरिका पढ्न नगको मान्छे म
  • शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण छ 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पढ्नकै लागि विदेश जानुपर्छ भन्ने मानसिकता बदल्नुपर्ने बताएका छन् । सोमबार नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । आफूले विदेशमा अध्ययन गरेको स्मरण गर्दै उनले त्यसबेला बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएको बताए । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुने र छात्रवृत्तिमा सीमितले मात्र अवसर पाउने उनले स्मरण गरे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान आफू पूर्ण छात्रावृत्तिमा चुनिएको उनले स्मरण गरे ।

‘म प्रजातन्त्रका लागि लडिरहेको योद्दा थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व पनि गर्थे । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने वित्तिकै उनीहरुले पासपोर्ट पाउँदैन थिए । मैले पनि नपाउने भएँ । तर, त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ,’ उनले भने ।

उनले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको समेत बताए । पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम रोकेको भन्दै उनले पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहने बताए ।

पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको भन्दै उनले पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको बताए ।

‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन,’ उनले भने, ‘तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता समाजमा छ । यसलाई रिभर्स गर्नुपर्ने आवश्यकता छ ।’

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट