July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:0५
माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
  • प्रा.डा. गोविन्द केसीले मंसिर २९ गते सत्याग्रह सुरु गर्ने चेतावनी
  • माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारे
  • सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखे

काठमाडौं ।।

प्रा.डा. गोविन्द केसीले मंसिर २९ गते सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । चिकित्सा क्षेत्रको धारका अभियन्ता केसीले मंसिर २८ गतेसम्म आफ्ना माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन् । डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै यसअघि राखिएकाे आफ्ना माग र सरकारले दिएकाे समयसीमा बारे जानकारी गराएका हुन् । यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका थिए ।

डा. केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सञ्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका थिए । यस्तै, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रकृया अगाडि बढाउनसमेत केसीले माग राखेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट