April 3, 2025 | बिहिबार, चैत्र २१, २०८१
सुचनाहरु
खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा

एमालेको अवरोध सकियो

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:२६
एमालेको अवरोध सकियो
  • राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुल्यो 
  • एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन 

काठमाडौं ।।

राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेका सांसदहरुले अवरोध गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीका लागि स्पष्टीकरण दिने वातावरणका लागि आग्रह गर्दा समेत एमाले सांसदहरुले अवरोध गर्दै आएका थिए ।

तर, एमाले सांसदहरुले मंगलबारको राष्ट्रिय सभाको बैठकमा भने कुनै अवरोध गरेन । ‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि राष्ट्रिय सभाको बैठक स्वतः खुल्यो’ राष्ट्रिय सभा सचिवालयका एक अधिकारी बताउँछन् । राष्ट्रिय सभा सचिवालयका अनुसार मंगलबार राष्ट्रिय सभाको बैठकमा कुनै अवरोध नहुने एमाले सांसदहरुले जानकारी गराएका थिए ।

राष्ट्रिय सभामा विगत ६ दिनसम्म एमालेले गरेको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ । प्रतिनिधिसभाबाट पारित भएर गएको १५ दिनभित्र विनियोजन विधेयक र बजेट आश्रति विधेयक पास गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस व्यवस्था अनुसार २९ असारसम्म राष्ट्रिय सभाले बजेट केन्द्रित छलफल सकाएर प्रतिनिधि सभामा पठाइसक्नुपर्छ । ६ दिनसम्म राष्ट्रिय सभामा भएको अवरोधका कारण बजेट माथिको छलफल प्रभावित भएकाले मंगलबार एकै दिन १६ वटा मन्त्रालयको बजेटमाथि छलफल राखिएको छ ।

मन्त्रालयगत रुपमा छलफल सकिएपछि प्रत्येक मन्त्रीले जवाफ दिने र बजेट पारित हुनेछ । बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले संसदमा अवरोध भएका कारण कार्यसूची प्रभावित हुन पुगेको बताए । ‘कार्यसूचीहरु समयमै सकिन्थ्यो होला । विशेष परिस्थिति सिर्जना भयो । जसले गर्दा कार्यसूचीहरु जो निर्धारण गरिएको थियो । २० गते सदन चल्न सकेन । यसले गर्दा समयको निकै चाप छ’ सांसद श्रेष्ठले बजेटमाथिको छलफलमा भाग लिँदै भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट