May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

एमालेको अवरोध सकियो

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:२६
एमालेको अवरोध सकियो
  • राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुल्यो 
  • एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन 

काठमाडौं ।।

राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेका सांसदहरुले अवरोध गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीका लागि स्पष्टीकरण दिने वातावरणका लागि आग्रह गर्दा समेत एमाले सांसदहरुले अवरोध गर्दै आएका थिए ।

तर, एमाले सांसदहरुले मंगलबारको राष्ट्रिय सभाको बैठकमा भने कुनै अवरोध गरेन । ‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि राष्ट्रिय सभाको बैठक स्वतः खुल्यो’ राष्ट्रिय सभा सचिवालयका एक अधिकारी बताउँछन् । राष्ट्रिय सभा सचिवालयका अनुसार मंगलबार राष्ट्रिय सभाको बैठकमा कुनै अवरोध नहुने एमाले सांसदहरुले जानकारी गराएका थिए ।

राष्ट्रिय सभामा विगत ६ दिनसम्म एमालेले गरेको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ । प्रतिनिधिसभाबाट पारित भएर गएको १५ दिनभित्र विनियोजन विधेयक र बजेट आश्रति विधेयक पास गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस व्यवस्था अनुसार २९ असारसम्म राष्ट्रिय सभाले बजेट केन्द्रित छलफल सकाएर प्रतिनिधि सभामा पठाइसक्नुपर्छ । ६ दिनसम्म राष्ट्रिय सभामा भएको अवरोधका कारण बजेट माथिको छलफल प्रभावित भएकाले मंगलबार एकै दिन १६ वटा मन्त्रालयको बजेटमाथि छलफल राखिएको छ ।

मन्त्रालयगत रुपमा छलफल सकिएपछि प्रत्येक मन्त्रीले जवाफ दिने र बजेट पारित हुनेछ । बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले संसदमा अवरोध भएका कारण कार्यसूची प्रभावित हुन पुगेको बताए । ‘कार्यसूचीहरु समयमै सकिन्थ्यो होला । विशेष परिस्थिति सिर्जना भयो । जसले गर्दा कार्यसूचीहरु जो निर्धारण गरिएको थियो । २० गते सदन चल्न सकेन । यसले गर्दा समयको निकै चाप छ’ सांसद श्रेष्ठले बजेटमाथिको छलफलमा भाग लिँदै भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।