sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १ पक्राउ २ फरार

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:३६
साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १  पक्राउ २ फरार
  • अमानवीय कुटपिट गरेको आरोपमा एक जना पक्राउ
  • २ जना फरार खोजी कार्य जारी 

विराटनगर ।।

विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

के हो घटना ?

भिडियोमा देखिए अनुसार असार २० गते राति कोशी राजमार्गमा बा १५ च ३४४५ नम्बरको कार गइरहेको दिशामा विपरीत दिशाबाट साह साइकलमा आइरहेका हुन्छ । कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् ।

कार साइडमा रोकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।
मुक्का लागेर साह सडकमै ढल्छन् । त्यसपछि आयुष सडकमा यता उता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेको भिडियोमा देख्न सकिन्छ ।

कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइट लगाउँछन् । आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइट लगाएको भिडियोमा देख्न सकिन्छ । कार चालकको सिटमा बसेका व्यक्तिले ढोका खोलेर त्यही उभिइ घटनालाई हेरिरहेको देखिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid