May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिला पनि दुर्घटनाबाट यसरी बाँचेका थिए पाइलट गुरुङ

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १५:२३
पहिला पनि दुर्घटनाबाट यसरी बाँचेका थिए पाइलट गुरुङ
  • लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटनाबाट यसरी बाँचेका थिए गुरुङ
  • घाइते भएर ३ महिना अस्पतालमा बस्नु परेको थियो 

काठमाडौं ।।

१ वैशाख २०७६, नयाँ वर्षको एका बिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को-पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो ।

सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट यी गुरुङले उडाएको मनाङ एयरको नाइनएन-एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।

५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७-९८ देखि निरन्तर उडानमा थिए ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट हेलिकप्टर १० बजेर ५ मिनेट जाँदा उडेको थियो । हेलिकप्टर अन्तिम पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो ।

सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो । टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतथर्फ खटाएको थियो । स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो ।

माउन्टेन फ्लाइटमा गएका पर्यटक सवार

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रवन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए ।

सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो ।

५ को मृत्यु १ जना बेपत्ता

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट