May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

निःशुल्क स्वास्थ्य मौलिक हक, संविधानमा मात्र : स्वास्थ्यमन्त्री बस्नेत

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० ११:३६
निःशुल्क स्वास्थ्य मौलिक हक, संविधानमा मात्र  : स्वास्थ्यमन्त्री बस्नेत
  • स्वास्थ्य उपचार पाउने मौलिक हक संविधानमा मात्र सिमित 
  • ‘संविधानमा भने अनुसार हुन सकिरहेको छैन
  • स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ
  • जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् । राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन,’ मन्त्री बस्नेतले बताए ।

लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको जानकारी उनले दिए । ‘जुन-जुन ठाउँमा लगानी गरेको अलिकति रिजल्ट देखिएको छैन, त्यो ठाउँमा कटौती गरेर भए पनि आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालय, माननीयज्यूहरु सबैको साथ सहयोगको कारणले पनि हामी प्रभावकारी ढंगबाट अगाडि बढेका छौं,’ उनले भने ।

आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए । थिती बसाल्न र आर्थिक अनुशासन कायम गर्न कोसिस गरिरहेको मन्त्री बस्नेतले बताए ।

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।