April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

गोली प्रहार गरेपछि…….

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० ११:३१
गोली प्रहार गरेपछि…….
  • गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
  • ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
  • स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् । 

जनकपुरधाम ।।

महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।

मंगलबार साँझ सामान्य विवादको क्रममा मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेको डीएसपी गिरीले बताए । यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको छ । त्यसअघि उनलाई रामगोपालपुरकै जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि जनकपुर ल्याइएको हो ।गोली प्रहार गर्ने मण्डल र उनले प्रयोग गरेको पेस्तोल, गोलीको खोका तीन थानसहित घटनास्थलबाटै पक्राउ गरेको डीएसपी गिरीले बताए ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट