April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १४:१४
बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् ।
मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए ।

उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षा अनुसार भएन । त्यसकारण अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तिव्र गरेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, सञ्चार, बिजुली, खानेपानी जस्ता आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो ।’
उनले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए ।

उनले भने,‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान, हितको रक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो । हाम्रो उपलब्धीको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो । यो चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ । अहिलेको यथार्थ हो ।’

उनले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे । नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्विकार नगर्नु भएको पनि उनको भनाई छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।