May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फोहोरको अवरोध हटाउन सहरी विकास मन्त्रालयले बैठक राख्दै

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १0:१६
फोहोरको अवरोध हटाउन सहरी विकास मन्त्रालयले बैठक राख्दै
  • काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले गरे अवरोध 
  • स्थानीयवासले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएनन्
  • सहरी विकास मन्त्रालयले आज सर्वदलीय बैठक राख्ने 
  • ११ बजे बैठक बस्दै

काठमाडौं ।।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले अवरोध गरेका छन् । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएका छन् ।

स्थानीयवासले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएका छैनन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले आज पनि अवरोध कायमै रहेको बताए । उनले सहरी विकास मन्त्रालयले समस्याको निकासका लागि सर्वदीय छलफल बोलाएको जानकारी दिए ।

“सहरी विकास मन्त्रालयले आज सर्वदलीय छलफलका लागि बोलाएको छ । उक्त छलफलमा सहमति जुटेको खण्डमा अवरोध हट्नेछ,” अध्यक्ष तामाङले भने । उनका अनुसार बिहान ११ बजे बैठक बस्दै छ ।

सोमबारदेखि नुवाकोटको ककनी गाउँपालिका-२ र धादिङको धुनीबेँसी नगरपालिका-१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् । संघ सरकार र काठमाडौं महानगरपालिकासँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट