July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नयाँ उर्जाका साथ ४ महिनापछि हसाउँन आउने छौँ : विशाल भण्डारी

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:५३
नयाँ उर्जाका साथ ४ महिनापछि हसाउँन आउने छौँ : विशाल भण्डारी
  • ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द
  • ६९ वटा श्रृंखला प्रशारण 
  • १६ महिनाको यात्रा ब्रेक  

काठमाडौं ।।

टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा श्रृंखला प्रशारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले जानकारी दिए ।

“१६ महिनाको हाम्रो यात्रा निकै रमाइलो भयो । यो लामो यात्रामा हामीलाई केही यमय ब्रेक पनि चाहिएको थियो, त्यसैले हामीले केही महिनाका लागि शो ब्रेक गरेका छौँ,” विशाल भन्छन्, “हामी करिब चार महिनापछि पुनः नयाँ उर्जाका साथ दर्शकलाई हसाउँन आउने छौँ ।”

चार महिनापछि पुरानै टिम आउने तर थप परिस्कृत र परिमार्जित भएर आउने उनले बताए । ‘कमेडी क्लब विथ च्याम्पियन’ चार महिनाका लागि बन्द हुनुको मुख्य कारण भने स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हो ।

‘कमेडी च्याम्पियन’ को सिजन-३ चाँडै प्रशारणको तयारीमा रहेको छ । यसलाई समय दिनु पर्ने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको विशाल बताउँछन् ।

‘कमेडी च्याम्पियन’ सिजन-३ असोजबाट प्रशारण हुँदै छ । डिजिटल अडिसन लिइसकेको निर्माण पक्षले अहिले फिजिकल अडिसनको तयारी गरिरहेको छ । ‘कमेडी च्याम्पियन’को सिजन-१ को विजेता हिमेस पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्