April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

प्रधानमन्त्री शोकको बेला अवैध सुन भित्रेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १३:३९
प्रधानमन्त्री शोकको बेला अवैध सुन भित्रेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग
  • नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागे
  • एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्दै 
  • प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा भएको बेला 
  • सय किलो सुन अवैध रुपमा आयो 

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुनतस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ ।

अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुनको अनुसन्धान गर्ने पनि जानकारी गराए ।

‘प्रधानमन्त्री जिवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यहि बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।