May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मुद्दा फिर्ता बिषयमा मानवअधिकारको बिरोध

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:१५
मुद्दा फिर्ता बिषयमा मानवअधिकारको बिरोध
  • सरकारले ल्याएको विधेयकमा राष्ट्रिय मानवअधिकार आयोगको विरोध
  • संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने
  • जुनसुुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिनसक्ने व्यवस्था

काठमाडौं ।।

शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन मुद्दा फिर्ता लिनसक्ने गरी सरकारले ल्याएको विधेयकको राष्ट्रिय मानवअधिकार आयोगले विरोध गरेको छ । यसले संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन बन्नसक्ने उसको चिन्ता छ ।

प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसात्मक क्रियाकलाप गरिरहेको समूह वा दलले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाएको छ र त्यस्तो समूहसँग सरकारले मुद्दा फिर्ता लिने सहमति गरेको छ भने जुनसुुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तो कानुन बनेमा गम्भीर प्रकृतिको फौजदारी अपराध गरेका राजनीतिक दल वा समूहका कार्यकर्ता समेत राजनीतिक सहमतिमार्फत कानुनी कारबाहीबाट उम्कनसक्ने आयोगले बताएको छ । ‘गौरहत्या जस्तो नरसंहारको घटना, द्वन्द्वकालीन हत्या, यौन हिंसा, बेपत्ता जस्ता मुद्दा समेत ओझेलमा पर्न सक्छ’ आयोगले भनेको छ, ‘संक्रमणकालीन न्यायिक संयन्त्रहरु औचित्यहीन हुन पुग्छन् ।’

१७ वर्षदेखि न्यायको पखाईमा रहेका द्वन्द्व पीडितहरु समेत न्यायको अधिकारबाट बञ्चित हुनसक्ने मानवअधिकार आयोगको चिन्ता छ । उसले भनेको छ, ‘गम्भीर मानवअधिकार उल्लंघनका विषयमा यो वा त्यो बहानामा कुनै पनि दोषीलाई कुनै पनि प्रकारको उन्मुक्ति दिने कार्यमा आयोग सहमत हुन सक्दैन ।’

फौजदारी न्याय प्रशासनको दायरालाई संकुचन गर्ने गरी कुनै पनि मुद्दालाई राजनीतिक आवरण दिई दोषीलाई उन्मुक्ति दिँदै जाने हो भने कानुनी शासन र लोकतन्त्रको मर्ममा नै प्रश्न उठ्ने समेत मानवअधिकार आयोगले बताएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट