sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १५:११
म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु
  • ठूला अस्पतालका औषधि पसलमा नै म्याद सकिएका औषधि बिक्री
  • औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाइयो 
  • काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन
  • देशभरका फार्मेसीको अनुगमन भइरहेको

काठमाडौं ।।

काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएको छ ।सोमबार स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले वीर अस्पताल, पाटन अस्पताल, अल्का अस्पताललगायत केही फार्मेसीको अनुगमन गरेको थियो ।

त्यस क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका र म्याद सकिएका औषधि पनि पाइएको बस्नेतले बताए । ‘अनुगमनको क्रममा कतिपय फार्मेसीले डेट एक्स्पायर भएको, बेच्नै नपाइने औषधि समेत राखेको पाइएको छ । एक्स्पाएर औषधि पनि नछुट्याई गोलमाल गरेर र बिल पनि स्पष्ट हुने गरी राखिएको छैन’, मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले सोमबार देशभरका फार्मेसीको अनुगमन भइरहेको बताए । ‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म अनुगमन टोलीको गरेको रिपोर्ट प्राप्त हुन्छ’, मन्त्री बस्नेतले भने, ‘कानुनी प्रक्रियामा जानुपर्ने वा सचेत गर्नुपर्ने निर्णय रिपोर्टको आधारमा अगाडि बढाउछौं ।’ उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । ‘अनुगमन तथा निरीक्षण गर्ने कुरा आज मात्रै होइन । निरन्तर चलिरहन्छ,’ मन्त्री बस्नेतले भने ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid