May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मिटरब्याजीका नाइके पक्राउ

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १0:४७
मिटरब्याजीका नाइके पक्राउ
  • मिटरब्याजी इन्द्रजित साह पक्राउ
  • मिटरब्याजी रघुवीर साहका छोरा
  • बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी

जनकपुरधाम ।।

महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन्  भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुनेछ । पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ । छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र आफूले दिएकै अनुसारको तमसुक बनाएकाले त्यसरी नै हिसाब गर्नुपर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

  • साझा परिवेश
  • बिहिबार, साउन ११, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।