May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

इजरायल युद्धमा फसेकी अभिनेत्रीलाई उद्धार गरेर मुम्बई लगियो

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १६:१५
इजरायल युद्धमा फसेकी अभिनेत्रीलाई उद्धार गरेर मुम्बई लगियो
  • हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन
  • घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाए
  • आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन्

काठमाडौं ।।

हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निमासले ज्यान जोगाउन बंकरभित्र लुक्नुपरेको जनाइएको छ ।

यस्तोमा, इजरायलको तनावबीच बलिउडलाई लिएर केही नयाँ खबर छ । हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइन् । यसपछि उनलाई लिएर नयाँ खबर थिएन । पारिवारिक स्रोतका अनुसार नुसरत यतिबेला भने सम्पर्कमा आएकी छन् । आइतबार दिउँसो २ बजे उद्धार उडानमार्फत उनलाई मुम्बई लैजाने जनाइएको छ । नुसरतले आफू बेसमेन्टमा लुकेको बताएकी छन् ।

नुसरतको टोलीका एक सदस्यले विज्ञप्ति जारी गर्दै नुसरत इजरायलमा फसेको जनाएका थिए । हाइफा फिल्म फेस्टिभलमा सहभागी हुन नौ दिनअघि उनी भारतबाट इजरायल गएकी थिइन् । टोलीले उनीसँग शनिबार दिउँसो साढे १२ बजे अन्तिम पटक कुराकानी गरेको थियो । कुराकानीका क्रममा नुसरतले आफू बेसमेन्टमा लुकेर सुरक्षित रहेको बताएकी थिइन् ।

हिजोदेखि सम्पर्कका लागि प्रयास भइरहेको तर सम्पर्क हुन नसकेको टोलीले जनाएको थियो । उनको टोलीले नुसरतलाई सकुशल भारत फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । सबैले नुसरत सकुशल फर्किआओस् भनेर प्रार्थना गरिरहेका थिए । यो घटनामा सात नेपाली घाइते भएको र अन्य केही पनि प्रभावित भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुसरत पछिल्लो पटक फिल्म ‘अकेली’मा देखिएकी थिइन् । फिल्मले इराक युद्धमा फसेकी एक भारतीय युवतीको कथालाई चित्रण गरेको छ । यो केटी सन् २०१४ मा इराकमा चलिरहेको गृहयुद्धमा फसेकी छिन् र त्यहाँबाट भाग्न र आफ्नो जीवन बचाउन हर सम्भव प्रयास गर्छिन् । नुसरतले भारतीय युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्मको कथामा जस्तै उनी अहिले वास्तविक जीवनमा उनी इजरायल र प्यालेस्टाइनबीचको युद्धमा फसेकी छिन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।