May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिटरब्याजले विनितलाई बिष पिउन बाध्य गरायो

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:0३
मिटरब्याजले विनितलाई बिष पिउन बाध्य गरायो
  • मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु
  • विष सेवन गरेकाले ज्यान गयो 
  • प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरे

विराटनगर ।।

मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो ।

यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो ।

डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

नितेष तिवारी विरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुई छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । साउन ७ गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । छलफलमा सहमति भने भएन ।

सहायक प्रमुख जिल्ला अधिकारी साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

पहिलो छलफल निष्कर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी साहले पाँच दिन भित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए ।

सोनारले विराटनगर महानगरपालिका(७ स्थित आर के चिल्ड्रेन अस्पताल अगाडि चिया(नास्ताको पसल सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा। तिवारीसँग ४ वर्षअघि ७ लाख ऋण लिएको उनको दाबी छ । उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए । अझै १२ लाख तिर्न बाँकी देखाइएको भन्दै मिटरब्याजको उजुरी दिएका थिए ।

छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेर फर्कने क्रममा सोनारलाई चेक बाउन्स मुद्दामा पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेको थियो ।

सोनार विरुद्ध विराटनगरका प्रदीप भुजेलले २ लाख रुपैयाँ र विनोद ढकालले ६ लाख रकम नपाएको भन्दै छुट्टाछुट्टै दुईवटा जाहेरी दिएका थिए । ती दुई वटै जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विनितको उजुरीमा थप छलफल हुन नपाएको बताए । पहिलो बैठकपछि विनितले विष सेवन गरेपछि छलफल रोकिएको उनले बताए । ‘हामीले ३-४ पटक छलफल गरेर मिलाउने कोसिस गर्छौँ, तर उहाँहरुको केसमा एक पटक मात्रै छलफल भयो,’ उनले भने, ‘विष सेवन गरेपछि सो उजुरीमाथिको छलफल नै रोकियो ।’

 

 

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट