May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

त्यो जन्मदर्ताको प्रतिलिपी मलाई कसले दिनुभयो, कहाँबाट ल्याउनु भयो, उहाँ को हो मलाई केहि पनि थाहा छैन : सन्दीप

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:३९
त्यो जन्मदर्ताको प्रतिलिपी मलाई कसले दिनुभयो, कहाँबाट ल्याउनु भयो, उहाँ को हो मलाई केहि पनि थाहा छैन :  सन्दीप
  • गौशाला २६ को जन्ममितिको कागज सन्दीपलाई खेल समर्थकले दिएको
  • त्यो जन्मदर्ताको प्रतिलिपी शुभचिन्तकहरु मलाई भेट्न आउँदा पाएको 
  • सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन
  • वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो त्यो पनि मलाई थाहा छैन

काठमाडौं ।।

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् । गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’, सन्दीपले जन्ममिति कागजातबारे अदालतमा दिएको बयानलाई उधृत गर्दै जिल्ला अदालत स्रोतले भन्यो ।

२०७९ कात्तिक १५ गते बलात्कार मुद्दामा पहिलो पटक बयान दिने क्रममा सन्दीपले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको कागज पेश गरेका थिए । बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी (गौशाला २६) को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै सो कागज पेश गरेका थिए । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भनेको दिन उनी १८ वर्ष पूरा भइसकेको प्रमाणित हुने गरी सन्दीपले अदालतमा कागज पेश गरेका थिए ।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो । वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालतमा पठाएको पत्रमा अनलाइनमार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो । वडा कार्यालयले जन्मदर्ताको अभिलेख नरहेको भन्ने तर सन्दीपले पीडितको जन्मदर्ताको दर्ता किताबको प्रतिलिपि भनेर कागज पेश गरेपछि अदालतले प्रश्न उठाएको हो ।
गत साता जिल्ला अदालत काठमाडौंले उक्त जन्मदर्ताको कागज सन्दीपले कहाँबाट ल्याएका हुन् सनाखत गराई उनले उल्लेख गरेको ठाउँबाट प्रमाणित कागजात झिकाउनु भनी आदेश गरेको थियो ।

सोही आदेशका आधारमा सन्दीपले गत आइतबार जिल्ला अदालतमा कागज गरेको जिल्ला अदालत स्रोतले बतायो । आफूले हेर्दा उक्त प्रमाण गौशाला २६ सँग सम्बन्धित देखिएकाले न्याय निरुपणमा सहयोग हुनपुग्ने ठानी बयानका क्रममा पेश गरेको सन्दीपले बताएका छन् । उनले जिल्ला अदालतमा गरेको कागजमा भनेका छन्, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाहा छैन ।’

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट