sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजदूत थापा : परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:५८
राजदूत थापा : परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु
  • संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने
  • नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता

काठमाडौं ।।

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूतका लागि सिफारिस लोकबहादुर थापाले संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई प्रभावकारी बनाउने बताएका छन् ।

बुधबार संघीय संसदको ससदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रसंघका महासचिवलगायत उच्च अधिकारीको नेपाल भ्रमणका लागि पहल गर्ने र नेपालबाट जाने प्रतिनिधिमण्डलको साइडलाइन भेट गराउने प्रतिवद्धता जनाएका छन् ।

‘म राजदूतमा अनुमोदित भएँ भने युनसंगको इङ्गेजमेन्टलाई प्रभावकारी बनाउन पहल गर्छु । बहुपक्षीय कुटनीतिलाई विस्तार गर्न पहल गर्छु । परराष्ट्र नीतिका उद्देश्य पूर्ति गर्ने र मुद्दा मिल्ने देशसँग सहकार्य अगाडि बढाउनेछु’ उनले भने ।

थापाले विश्वमा देखिएका समस्या समाधानका लागि उच्च स्तरीय छलफलमा भाग लिने, यस्ता छलफलहरु आयोजना गर्न र गराउन पहल गर्ने, नेपाल र राष्ट्रसंघको सहकार्यलाई अझै निकट बनाउन उच्च तहका बैठक, सम्मेलन र सहभागिता बढाउने पनि बताए ।

नेपालजस्ता देशले आफ्नो स्वार्थ जोगाउन बहुपक्षीय मञ्च राष्ट्रसंघलाई बलियो बनाएर लैजानुपर्ने भन्दै उनले राष्ट्रसंघलाई प्रयोग गर्दै त्यसबाट आर्थिक उपार्जन गर्नुपर्ने पनि बताए ।

थापाले नेपालले आफ्नो कारण नभएर पनि जलबायु परिवर्तनको मार खेपिरहेको भन्दै यो विषय पनि आफूले उठाउने बताए । ‘भुटान जस्तो देशले समेत कोपमा आफ्ना एजेन्डा उठाएको छ । हामी पनि अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तन र त्यसले नेपाल प्रभावित भएको विषय उठाउन सक्छौं’ उनले भने ।

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid