May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

टिकेट दर डिजिटल बनाउन १७ हलहरुलाई महानगरको निर्देशन

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १६:३३
टिकेट दर डिजिटल बनाउन १७ हलहरुलाई महानगरको निर्देशन
  • फिल्म हललाई  शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल बनाउन निर्देशन 
  • १७ हलसहित भृकुटीमण्डपको फनपार्कलाई समेत पत्र काटियो 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ ।

फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र महानगरपालिकालाई पनि पहुँच दिन महानगरले भनेको हो । मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए ३ दिनभित्र त्यसमा महानगरलाई पनि पहुँच दिन भनिएको छ ।

यस्तै डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाहरुले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याइ उक्त प्रणालीमा महानगरको राजस्व विभागलाई पहुँच दिलाउन पत्रमा भनिएको छ । १७ हलसहित भृकुटीमण्डपको फनपार्कलाई समेत पत्र काटिएको छ ।

महानगरले पत्र काटेका हलहरुमा बालाजुस्थित अष्टनारायण, कलंकी सिनेमा, गोंगबुको सार्थक इन्टरटेनमेन्ट, चुच्चेपाटीको केएल सिटी सिनेमा, नयाँ बानेश्वरको कोर प्लान बिल्डर्स, चावहिलको गोपीकृष्ण मूभिज, कालिमाटीको ओकुलर होल्डिङ्स, दरबारमार्गको दरबार सिनेम्याक्स, न्यूरोडको रञ्जना सिनेप्लेक्स, सुनधारको सेन्ट्रल सिनेमाज, सुनधाराको सिने द सेफ, जमलको विश्वज्योति हल, कमलादीको सिनेमार्क मूभिज, कमलपोखरीको सिनेस्टार, ठमेलको छायाँ सिनेमाज्, गोंगबुको लोत्से सिनेमा छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट