March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

रविले ल्याए चितवनमा महिलाका लागि निःशुल्क बस

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १५:0९
रविले ल्याए चितवनमा महिलाका लागि निःशुल्क बस
  • रविले निःशुल्क बस सेवाको गरे सुरूआत
  • बसको नाम ‘ब्लू बस
  • क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउने
  • कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहने

चितवन।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवाको सुरूआत गरेका छन्।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन्। यो बसको नाम ‘ब्लू बस’ राखिएको छ। यो बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन्।

निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ। भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ।

पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डमार्फत् बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ।

महिलाहरूलाई दिइएको कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर अंकित छ। माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए।

‘बसमा महिलाहरूका लागि आवश्यक पर्ने सेनेटरी प्याड पनि रहनेछ। एउटा सूचना बक्स पनि रहन्छ। रवि दाइलाई चिठी लेखिएको बक्समा आफ्ना गुनासाहरू राख्न पाउनुहुन्छ,’ लामिछानेले भने, ‘एउटा जनप्रतिनिधिले सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने सपना देख्नुपर्छ। अझ सार्वजनिक सवारीमा महिलाको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्छ। देख्नुपर्छ, देखाउनुपर्छ।’

यो बस रास्वपाले खरिद गरेको भने होइन। पुरानो बसमा रङ लगाइएको हो। रास्वपाको ब्रान्डिङ कलर निलो भएको र बाचा पत्रमा पनि निलो रंगकै व्यवस्था गरिकाले ब्लू बस नाम राखिएको लामिछानेले बताए। बसमा महिलामात्रै चढेन पाउनेछन्। चालक र सहचालक पनि महिला राख्ने तयारी भएको उनले बताए। अहिलेका लागि भने महिला चालक उपलब्ध भइनसकेका कारण बस पुरूष चालकले नै चलाएका छन्।

स्रोतका अनुसार बस मासिक एक लाख ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिइएको हो। बस कसको हो र मासिक कति भाडा तिर्ने गरी ल्याउनुभएको भन्ने प्रश्नमा लामिछानेले स्पष्ट जवाफ दिएनन्। समाजमा भएका स्रोतहरू, मान्छे, संघ, संस्था, डोनरहरूलाई परिचालन गरेर, शुभचिन्तकहरूको साथ लिएर बस सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ।

‘कुनै पनि चिज मान्छेले खल्तीबाट गर्ने कुरा होइन। व्यवस्थापन गर्ने कुरा हो। त्यसलाई हामी कहाँबाट कसरी गरियो भन्ने कुरा सार्वजनिक पनि गर्छौं,’ उनले भने। उनले स्थानीय निकायले स्वामित्व लिन चाहेको अवस्थामा नाम, रङ फेर्न र स्रोत साधन जुटाउन पनि लाग्ने बताए।

 

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट