sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:१७
मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ
  • मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि
  • रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णयमा विवाद सिर्जना

 धनगढी ।।

सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गर‌ौं’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

चौधरीले आफ्नो स्टाटस मन्त्री छनोटको निणयप्रति लक्षित भएको बताए । ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ । राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो ।

त्यसको विरोधमा बोलेको हुँ’, चौधरीले भने, ‘हाम्रो पार्टी नीति, विधि तथा पद्धतिअनुसार चल्न सकेको छैन । नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो ।’

चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए विरोध गर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।

उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले एक मन्त्री र राज्यमन्त्री मात्र पाएकाले भागवण्डा मिलाउन समस्या भएको बताए ।

उनले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय सर्वसम्मत रुपले गरिएको बताउदै अन्य प्रदेशसभा सदस्यहरुको पनि सम्मानजनक व्यवस्थापन गरिने बताए ।

‘हामी ७ जना प्रदेशसभा सदस्य छौँ । सातै मन्त्री बन्ने अवस्था छैन नि । हाम्रो पार्टीबाट दुई जना मात्र मन्त्री बन्ने हुन्’, चौधरीले अनलाइनखबरसँग भने, ‘उहाँ (लक्ष्मणकिशोर) लगायतका सबै माननीयज्यूहरुको पनि उचित व्यवस्थापन गरिन्छ ।’

 

  • साझा परिवेश
  • बुधबार, साउन १७, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid