November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सुनकाण्डमा म संलग्न छैन, अनावश्यक भ्रममा नपर्नुहोला : महरा

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० ११:२७
सुनकाण्डमा म संलग्न छैन, अनावश्यक भ्रममा नपर्नुहोला : महरा
  • महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताए
  • सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारे
  • निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए

काठमाडौं ।।

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारेका हुन् ।

महराको प्रतिबद्धता 

सो प्रकरणमा फोन गरेको भनी सार्वजनिक नम्बर आफ्नो नभएको र प्रयोग पनि नगरेको उनले उल्लेख गरेका छन् । उनले निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

“केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,,” उनले फेसबुकमा लेखेका छन्, “जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु । साथै, आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।”

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्