sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनकाण्ड सामसुम हुनु माथिको मान्छे परेर हो : शेखर कोइराला

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १२:१९
सुनकाण्ड सामसुम हुनु माथिको मान्छे परेर हो : शेखर कोइराला
  • भ्रष्टाचारले देशलाई गाँजिसक्यो 
  • देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गइसक्यो 
  • एकपछि अर्को इस्यु आउँछ
  • सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ
  • माथिको मान्छे परेर यस्तो भको हो 

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे ।

“देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गएको लाग्छ । भ्रष्टाचारले देश गाँजेको छ । दण्डहीनता, मान्छे मारेको छ, राजनीतिक लेप लगाइदिएपछि त्यो छुट्छ,” उनले भने, “यो ठिक ठाउँमा नराखे देश अराजकतामा जान्छ ।” उनले भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिएको भन्दै चिन्ता व्यक्त गरे । ‘ठूला मान्छे’ मुछिएपछि भ्रष्टाचारकाण्डको छानबिन बीचमै रोकिने गरेको उनको भनाइ छ ।

“एकपछि अर्को इस्यु आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै,” उनले भने, “किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।”

अहिले चर्चामा रहेको करिब क्विन्टल सुन तस्करी प्रकरण पनि त्यसै सामसुम हुने उनले जिकिर गरे । “सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ । किनभने, कोही न कोही इन्भल्भ हुन्छ,” उनले भने, “योबीचमा कति गयो होला ? यसले नेपालको सुरक्षा नाजुक छ भन्ने देखायो । यो काण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला । किन यस्तो ? माथिको मान्छे परेर हो ।”

सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरिरहेकामा पनि उनले असन्तुष्टि जनाए । “सुनकाण्डमा राजस्व अनुसन्धान मात्र इनभल्भ छ, सीआईबी छैन, यो अचम्म छ,” उनले भने, “राजस्व पहिले अर्थमा हुन्थ्यो, ओलीले प्रमअन्तर्गत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउनुपर्छ भन्नुभएको थियो, तर गर्नु भएन । अहिले प्रमले फर्काउनु भएन, अब आफैँ बुझ्नुस् । सोच्दै जाऊँ, कहाँ पुग्छ ।”

 

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid