May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

दोलखामा पहिरोले तहल्का मच्चायो

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:२६
दोलखामा पहिरोले तहल्का मच्चायो
  • पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता
  • अन्य तीन जना घाइते
  • वस्तीभन्दा करिब ४०० मिटर माथिबाट आयो पहिरो 
  • बाढीले झोलुङ्गे पुल बगाएपछि आउ-जाउ गर्न पनि खटिन

काठमाडौं ।।

दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।

गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका-७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा परी गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर गौरीशंकर गाउँपालिका-७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते छन् । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष दावा शेर्पाका अनुसार पहिरोले टोपाटारका तीन घर पुरिएका थिए । सो ठाउँका अरु केही घर जोखिममा रहेका उनले बताए । स्थानीय घट्टे खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि आउ-जाउ गर्न पनि खटिन भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।