April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज

विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:५४
विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

विराटनगर । विराटनगरस्थित ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बेगार संचालन गरेको पाइएपछि कारबाही हुने भएको छ । ६ वर्षदेखि चाँदनी चोकमा हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बेगार संचालन गरेको शुक्रवार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।

हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामाग्री विक्री वितरण गरेको ३० दिनभित्रमा गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, निरौलाट्रेडर्सले विगत ६ वर्षदेखि अनुमति बेगार काटा संचालन गरेको भेटिएको हो ।

अनुगमनपछि निरौलालाई तीन दिन भित्र सम्पूर्ण कागजपत्र लिएर कार्यालयमा हाजिर हुन निर्देशन दिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरीक्षक रजनिस साहले जानकारी दिए । दर्ता बेगार संचालन गर्ने पसललाई नापतौल ऐन अनुसार कारबाहीको दायरामा ल्याउने उनले बताए ।

निरौला ट्रेडर्सले रडमा ट्र्याक चेन्ज गरेर रड बिक्री गर्ने गरेको उपभोक्ताले आरोप लगाएका छन् । उनले १ सय ९ केजी तौलको ट्र्याक भएको रड बिक्री गरेपछि ९० देखि ९७ केजी रडमा ट्र्याक लगाउने गरेको आरोप छ । यसरी ट्र्याक चेन्ज गरेको रड उनले अन्य खुद्रा पसलहरू भन्दा प्रतिकेजी २ रुपैयाँ सस्तोमा उपभोक्तालाई बिक्री गर्ने गरेको गुनासो रहेको छ । यस विषयमा पनि अनुसन्धान गर्ने गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।

बिहीबार एक जना उपभोक्ताले ५ केजी काँटी खरिद गर्दा २ सय ५० ग्राम कम तौल भेटिएको थियो । यता निरौला ट्रेडर्सका संचालक अनन्त निरौलाले विविध कारणले ढिलाइ भएकोले गर्दा अब गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति लिएर काँटा संचालन गर्ने बताए । तौलको विषयमा भने पसलबाट कुनै पनि उपभोक्तालाई कम सामाग्री नदिएको दाबी गरेका छन् ।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट