नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप
थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी
केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला पुर्याउने
३८५ जनामा, २४ जना महिला थप्दा ४०९ सदस्यीय भए
काठमाडौं ।।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।