May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

धड्कन नै रोकिएको थियो नेम्वाङ अस्पताल पुग्दा….

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:१३
धड्कन नै रोकिएको थियो नेम्वाङ अस्पताल पुग्दा….
  • सुवास नेम्वाङ अस्पताल पुग्दा मुटुको चाल नै नभएको 
  • बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको
  • सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरियो 

काठमाडौं ।।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए ।

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले थाहा पाएर त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा नै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ’, उपचारमा सम्लग्न एक चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार नेम्वाङ २० वर्षदेखि नै उच्च रक्तचाप, मधुमेह समस्या थियो । नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारले निर्णय गरेको छ ।

अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट