May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ?

प्रदीपको जोडी बनेर आइन आना

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १७:१४
प्रदीपको जोडी बनेर आइन आना
  • प्रदीप खड्काको फिल्ममा आना शर्मा जोडीइन्
  • केही दिनमा लिखित सम्झौता हुने जानकारी

काठमाडौं ।

प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् । निर्देशक दीपक वलीले अभिनेत्री शर्मासँग फिल्मबारे मौखिक सहमति भएको र केही दिनमा लिखित सम्झौता हुने जानकारी दिए ।

यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति जुटेको निर्देशक वलीले बताए । आनाले अब यो फिल्ममा प्रदीपको अपोजिटमा अभिनय गर्नेछिन् । यसबाहेक फिल्ममा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन्।

निर्देशक वलीले केही सातामा फिलिपिन्सबाट छायांकन सुरु हुने बताए । निर्माता र व्यानर हेरफेर हुँदा फिल्मको निर्माणमा ढिलाइ भएको थियो । यो फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ । अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।

‘अब दुई साताजतिमा सुटिङमा जाने तयारीमा छौं । मौसम र निर्माताको हेरफेर, नामसारीले ढिलाइ भयो,’ दीपकले भने । उनका अनुसार फिलिपिन्समा ४५ दिन रहेर फिल्म छायांकन हुनेछ । त्यसपछि तिहारपछि बाँकी छायांकन नेपालमा गर्ने तयारी छ ।

हिंडेर अमेरिका जाने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो । निर्माताले दक्षिण अमेरिकी मुलुकको सेटिङमा फिल्मलाई फिलिपिन्समा छायांकन गर्न लागेका हुन् । आनाको कुरा गर्दा, उनी यतिबेला राजेश हमाल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘मायाको माया’को सुटिङमा व्यस्त छिन् । ८० प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी चरण मुस्ताङमा हुँदैछ ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।