April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

डेंगुले ७ जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १६:0७
डेंगुले ७ जनाको मृत्यु
  • नेपालमा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु
  • हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित

काठमाडौं ।।

नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिए ।

उनले भने, ‘ यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म ७ हजार ७ सय ३३ केस रिपोर्ट भइसक्या छ । सबै भन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा. मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । ‘सुनसरीको पनि खास गरी धरान उपमहानगर पालिकामा संक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।’ उनले भने ।

उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा. मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा। मरासिनीले जानकारी दिए । उनले भने, ‘ अहिले देशैभर डेंगु संक्रमण देखिएको छ । डेंगु सार्ने लामखुट्टे सबै जिल्लामा छ र यसले जतिबेला पनि डेंगु सर्न सक्छ। त्यसकारण सतर्क रहौं र लामखुट्टेको लार्भा नष्ट अभियानमाजुटौं ।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निस् शुल्क हुने गरेको बताए । उनले भने, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो नि स् शुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हुन्छ। ‘

डा. पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एक रुपता ल्याउने कोशिसमा छौं । कँही पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केही अस्पतालमा डेंगु लागेको शंका लागेमा गर्नु पर्ने टेष्ट केही निशुल्क पनि गरिरहेका छौं ।’

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा।बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । उनले भने, ‘डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकम पनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । तर हामी पनि सचेत र सजक हुनु जरूरी छ। ‘

उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्नेमा उनको जोड थियो ।

उनले भने, ‘डेंगीलागे पनि गम्भीर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भीर विरामी मात्रै अस्पतालमा आएकाले विरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेको छैन । समाजमा अझै सचेतनाको खाँचो छ । ‘

नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो । गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।